पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् भने १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्