नेकपा सचिवालय बैठकमा पौडेलले मनाए जन्मदिन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।

अध्यक्षवद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्