सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।

कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न नगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो ।

‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्