नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्ने



काठमाडौं । धुम्बाराही बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । गत शनिबार आजाका लागि बैठक तय हुँदा धुम्बाराही बैठक बस्ने भनिएको थियो ।

आजमात्रै बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले जानकारी दिए । बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

नेकपाका केही बैठकबाहेक सबै सचिवालय बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका छन् । नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्