जापानका राजकुमारकी छोरीको विवाह सामान्य युवकसँग हुदैँ, अर्को महिनाबाट सुरु हुदैँ विवाहको तयारी



जापानका राजकुमार फुम्हिटोलेले आफ्नी छोरी माकोको विवाह सामान्य युवकसँग गरिदिन लागेका छन् । राजकुमारकी छोरी भएपछि त्यस्तै युवकसँग उनले विवाह गर्छिन् होला भन्ने धेरैले सोचेका थिए । तर उनले प्रेमी केई कोमुरोसँग विवाह गर्न लागेकी हुन् । उनका पिताले उनलाई विवाहको लागि अनुमति पनि दिइसकेका छन् ।

राजकुमारी माकोले सन् २०१८ मै आफ्ना कलेजका साथी कोमुरोसँग बिहे गर्ने तयारी गरेकी थिइन् । विवाह ढिलो हुनुको कारण कोमुरो शाही परिवारभन्दा बाहिरका हुनु र उनको परिवारको आर्थिक समस्या मुल कारण भएको बताइएको थियो । यद्यपि, यो विषयलाई पछि राजपरिवारले अस्वीकार गरेको थियो ।

क्यादो न्युज एजेन्सीका अनुसार राजकुमारी माकाका प्रेमी कोमुरोले गर्त वर्ष आफ्नो परिवार आर्थिक समस्यामा थियो भन्ने कुरालाई अस्वीकार गरेका छन् । हाल उनी अमेरिकाको न्युयोर्कको फोडम युनिभर्सिटीमा कानूनको अध्ययन गरिरहेका छन् । अहिले भने राजकुमारले विवाहको प्रस्तावलाई अनुमोदन गरेका छन् ।

अब अर्को महिनाबाट यी दुईको विवाहको तयारी सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्