सञ्चालक र प्रस्तोताको बिवादका कारण चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बन्द हुने अवस्थामा



काठमाडौं । वेलकम एडभरटाजिईङ एजेन्सीका सञ्चालक निर्मलराज पौडेल र सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने बिचको बिवादका कारण न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम बन्द हुने अवस्था मा पुगेको छ ।

उच्च श्रोतका अनुसार उक्त कार्यक्रम सञ्चालक, व्यवस्थापक एवं प्रस्तोता समेतको बिचमा भएको आपसी बिवादका कारण उक्त कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो । श्रोतका अनुसार लामिछाने र पौडेलबिच लामोसमय देखि बिवाद हुँदै आएको थियो ।

उक्त बिवादले उग्ररुप लिएपछि वेलकमका सञ्चालक पौडेलले प्रस्तोता लामिछानेलाई फुटपाथबाट उठाएको भन्दै कार्यक्रम बन्द गराएर फुटापाथ मै पुर्याईदिने धम्की दिएका छन ।

स्वदेश तथा बिदेशीमा समेत निकै नै रुचाईएको सिधा कुरा जनतासंग कार्यक्रम वेलकम एडभरटाईजिङ एजेन्सी कै कसन्सेप्टमा निर्माण भएको दावी समेत पौडेलले गरेका छन । पौडेलको सम्बन्ध केहि ब्यापरिहरु सङ्ग बिग्रेको र आफु सङ्गै काम गर्ने एक कर्मचारी छुटेर अर्को एजेन्सि खोलेको जानकारी आएको छ​।

नेपाल खोज पत्रिकाले खबर छापेको छ​।

प्रतिक्रिया दिनुहोस्