‘भारत र चीन दुवै देशसँग नेपालको द्विपक्षीय सम्बन्ध सुमधुर छ’: डा.भट्टराई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्विपक्षीय सम्बन्ध सुमधुर र सुद्दढ रहेको स्पष्ट पारेका छन् ।

आज (सोमबार) रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरि राखेर छिमेकीहरुसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरे ।

भट्टराईले भने, हाम्रो विदेश नीतिको मामिलामा वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतुत्वको सरकारको स्पष्ट भनाइ के छ भने संविधानमा पनि उल्लेख छ हामी कतैपति संलग्न नरहेर, हामी सैन्य र राजनीतिक संलग्नतामा नजाने, कुनै पोलमा पनि जाँदैनौ ।

हाम्रो भू राजनीतिक अवस्थिति नै यस्तो छ, हामी यता हो कि उता भनेर सोच्ने छुट छैन । हाम्रा नजिकका छिमेकीहरुसँगको सम्बन्धलाई ध्यान दिनैपर्छ । स्वतन्त्रतासँग जोडिएको विषय छ । जनताको हितलाई ध्यानमा राखेर गरिने सहकार्यमा सरकार अडिग छ ।

उनले भने, सामाजिक, धार्मिक, सांस्कृतिक र भाषाका हिसाबले भारतसँग हाम्रो सम्बन्ध धेरै प्रगाढ छ । बढिभन्दा बढि परनिर्भरता भारतसँग रह्यो । अहिले पनि दुई तिहाई वैदेशिक व्यापार भारतसँगमात्रै छ । भारतले सहयोगात्मक परियोजना नेपालमा थुप्रै छन् ।

उनले चीनसँगको सन्दर्भमा पनि अहिले सम्बन्ध प्रगाढ रहेको बताए । उनले भने, यो बीचमा थुप्रै सन्धि गरेका छौं । वर्तमान प्रधानमन्त्री हुँदा २०१६ मा एक हिसाबले ऐतिहासिक र दुरगामी असर पर्ने सन्धिहरु भएका छन् ।

दश बुँदे सन्धि जुन भयो, त्यसमा सबैभन्दा महत्वपूर्ण भनेको त पारवाहन र यातायात छन् । नाकाहरु व्यवस्थित गरेर लैजाने कुरा भएका छन् । रेलवेको कुरा छ । किमाथांका नाकाको ट्रयाक खोल्ने काम भैरहेको छ । दक्षिणजस्तै उत्तरसँगपनि कनेक्टिमिटिमा जानुपर्छ । दुवै मुलुकबाट फाईदा लिएर अघि बढ्नुपर्छ । चिनियाँ रक्षामन्त्रीको हिजो सम्पन्न भएको भ्रमण रेसिप्रोकल भिजिट हो । गत वर्ष हाम्रो रक्षामन्त्रीले भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्