सेवाग्राहीसँग घुस लिएको आरोपमा सई र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायब निरीक्षक सई लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको याइएपछि सोमबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा सई केसी र हवल्दार राजेशले निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि आरोप पत्र दायर गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्