राजतन्त्रको पक्षमा काठमाडौंमा र्‍याली



काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले ‘राजा आउ, देश बचाउ’जस्ता नारा पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्