प्रधानमन्त्री ओलीले खोले टिकटकमा खाता, पहिलो भिडियोमा एक लाख भ्युज



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ह्याण्डल सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, उहाँका धारणाहरु लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पु¥याउृन खोजेका हौं ।

टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाई गरिसकेको छ । प्रधानमन्त्रीको पहिलो भिडियोमा एक लाख भ्युज कटेको छ । नयाँ पुस्तामाझ टिकटक चर्चित छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए ।

अकाउन्ट खोलेका थिर्यौ, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक हो होइन भनेर सोध्यो, ती सदस्यले भने हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो ।

प्रतिक्रिया दिनुहोस्