‘लिम्पियाधुरा र कालापानी जुनसुकै हालतमा फिर्ता लिन्छौं’ : मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पदमा अर्यालले नेपाल र भारतबीचको सीमा विवादमा बोल्न सरकारलाई अप्ठ्यारो हुने बताएकी छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)युकेले आइतबार गरेको नेपाल भारतबीचको सीमा यर्थात र चुनौति विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपाल भारतबीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकुस भएर बस्नु पर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको सुनाइन ।

सन् १८१६ को सुगौली सन्धिको आधारमा भएको नेपाल भारत बीचको सीमा निर्धारण भएको बताउँदै उनले कालापानी र सुस्तामा मुख्य विवाद रहेको बताइन् ।

उनले लामो समयदेखि भारतले मिचेको भूमि लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नक्सामा ल्याउने काम मिचिएको जमिन जुनसुकै हालतमा फिर्ता लिन्छौं भन्ने दुढता व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय कानुनका ज्ञाता तथा प्रोफेशर सूर्यप्रसाद सुवेदीले विश्वभर छरिएका नेपालीहरुको कारणले नेपाललाई हेप्न सकिन्न भन्ने अनुभूति दिलाउनमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्