‘दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतुत्वका लागि तयार छौं’: मन्त्री पुन



काठमाडौं । उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतुत्वका लागि तयार रहेको बताएका छन् । रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतुत्व गर्न तयार रहेको बताएका हुन् ।

‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने,’ उहाँहरूले भन्न सक्नुपर्छ ।

हामी उहाँहरुलाई अभिभावक मान्न तयार छौं । तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन । हामीले विधिसम्मत ढंगले टुंगो लगाउनुपर्छ । हामी त्यसका लागि तयार छौ ।

उनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले सत्तारुढ पार्टीको बहस भएकाले यस्तो भएको बताए । जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्