कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किएपछि….



काठमाडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको कछ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्