चिनियाँ रक्षामन्त्री वेई फेङहे जंगी अड्डामा, दुई एजेन्डामा छलफल हुने



काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे नेपाल सेनाको हेड्क्वार्टर जङगी अड्डामा पुगेका छन् । आइतबार एकदिने औपचारी भ्रमणका लाग काठमाडौं आएका चिनियाँ रक्षामन्त्री र प्रधान सेनापति पूर्णचन्द थापाबीच शिष्टाचार भेट हुँदैछ ।

वेई फेंग्हेलाई नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको छ । सम्मान गारतपछि प्रधानसेनापति र उनीबीच छोटो शिष्टाचार भेटवार्ता हुने सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए ।

प्रधानसेनापतिसँगको भेटवार्तासँगै फेङहेको डेलिगेशन टिम र नेपाली सेनाको टिमसँग सामुहिक छलफल हुनेछ । नेपाली सेनाले चिनियाँ रक्षामन्त्रीसँग दुईवटा एजेन्डामा छलफल गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्