महासचिव पौडेललाई उपाध्यक्ष गौतमले भने : ‘बैठक बस्न हुन्न भन्ने विचारलाई साथ नदिनुस्’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने बताएका छन् ।

पार्टीभित्र देखिएका विवादबारे सचिवालय बैठकमै छलफल गर्न पाँच सचिवालय सदस्यले बैठक माग गरे पनि ढिलाइ भएको थियो ।

महासचिव विष्णु पौडेललाई उपाध्यक्ष गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई साथ नदिन भनेका छन् । गौतमले यो कुरा शनिबार बसेको सचिवालय बैठकमा राखेका थिए ।

पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ उनले भने यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ?

बेठकको व्यवस्थापन मिलाउन नसक्दा पार्टीमा समस्या देखिएको उपाध्यक्ष गौतमको भनाइ छ । यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न उनले भने ।

प्रतिक्रिया दिनुहोस्