
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । उनी करिब ५४ प्रतिशत मत ल्याउँदै विजयी भएका हुन् ।
महासंघको निर्वाचन समितिका अनुसार जिल्ला नगरतर्फबाट ५० प्रतिशत, एसोसिएटबाट ३० र बस्तुगततर्फबाट २० प्रतिशत मतभार रहने गरेको छ । उनक प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले भने ४६ प्रतिशत मत ल्याएका छन् । निर्वाचन समितिक अनुसार ढकालले जिल्ला नगरतर्फ ५२ र प्रधानले ५३ मत प्राप्त गरेका छन् । बस्तुगततर्फ ढकालले ५९ र प्रधानले ३९ मत प्राप्त गरेका छन् । त्यस्तै सोसिएटतर्फ ढकालले ५ सय र प्रधानले ३ सय ७५ मत ल्याएका छन् ।
शनिबार राति अबेर सार्वजनिक भएको मत परिणामअनुसार एसोसिएटतर्फको उपाध्यक्षमा ढकाल प्यानलकै रामचन्द्र संघाई विजयी भएका छन् । उनले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन् ।





