काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे



काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी भ्रमण सकेर आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

उनले नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् ।

उनी नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाठका अवसरमा नेपाल आउने भनिए पनि यो भ्रमण नेपालमा चिनियाँ उपस्थिति दर्साउन हुन लागेको कूटनीतिक क्षेत्रका जानकार बताउँछन् ।

पछिल्लो समय नेपालमा भारतलगायत पश्चिमा मुलुकहरूको चासो बढ्दै गइरहेका बेला चीनले रक्षामन्त्रीलाई नेपाल पठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्