आज काठमाडौँमा यो बर्षकै बढी चिसो



जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो बर्षकै कम मापन गरिएको छ । अर्थात आज काठमाडौलाई बर्षकै चिसो दिन भएको बताइएको छ ।

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्