‘नेकपाभित्रको समस्या समाधान हुुन्छ, कोही पनि आत्तिनु पर्दैन’– बर्षमान पुन



केहीसमयदेखि भैरहेको नेकपाभित्रको विवादबारे सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा उर्जामन्त्री बर्षमान पुनले आफ्नो भनाई रोखका छन् । पुनले नेकपाभित्रको विवादको समाधान हुने भन्दै कोहीपनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले पार्टीभित्र छलफर बहस हुनु सामान्य कुरा भएको भन्दै यसको समाधान पनि छलफलबाटै हुने बताए ।

पुनले पार्टी विभाजनको पक्षमा कोही पनि लाग्न नहुनेमा जोड दिँदै, जनमतको कदर गर्दै, देश र जनताको पक्षमा काम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्