यो हो संसारको सबैभन्दा महंगो ब्याग, जसको मूल्य हो ८३ करोड



हालैमात्र इटालीको एएटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महंगो ब्याग सार्वजनिक गरेको छ । यो ब्यागको मूल्यले सबैलाई चकित पारेको छ । झन् हामी त कल्पना सम्म गर्न सक्दैनौँ कि एउटा ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) पर्छ । उक्तब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो ।

चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ ।

गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्