स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको जनाएको छ ।

मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेले जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।

सरकारले कोभिड १९ को उपचार जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश ०७७ अनुसार जोखिममा रहि काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय अनुसार जोखिम भत्ता निकासा गरिएको उल्लेख गरिएको छ ।

कात्तिक महिनाको रकम भुक्तानीको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्