कांग्रेस प्रवक्ताले भेटे प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका न्यौपानेका परिवारलाई



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपाने (सञ्जय) को परिवारलाई भेटेका छन् ।

गत मंगलबार प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका न्यौपानेको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीकी ६ वर्षिया बालिका गुलाबसा खातुनको शव गत सोमबार राति बोराभित्र फेला परेपछि बर्दिबासमा आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घाइते भएका तीन जनामध्ये न्यौपानेको उपचारका क्रममा मृत्यु भएको थियो ।

कांग्रेस प्रवक्ता शर्माले शुक्रबार न्यौपानेका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् । शर्माले स्थानीय बासिन्दासँग पनि भेटघाट गरेका छन् । न्यौपानेकी श्रीमती र छोरा कोरामा बसेका छन् । शर्माले उनीहरुसँग भेटेर घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्