‘नेकपा चट्टानमा उम्रिएको बिरुवा हो’ : गोकर्ण विष्ट



गुल्मी । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाह्यो उसले फुटाउन सक्ने । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाएर लगिनेछ छ र एकतालाइ मजबुत बनाइनेछ ।

पूर्वमन्त्री समेत रहेका विष्टले नेपाल कम्युनिस्ट पार्टी चट्टानमा उम्रिएको बिरुवा भएको उल्लेख गर्दै अब छिट्टै स्थायी कमिटी बैठक बसेर पार्टी एकताबद्ध र मजबुत बनाएर लगिने उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्