साथीले हानेको गोली लागेर १ जना घाइते, ३ जना पक्राउ



काठमाडौं । बिहीबार राति दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराहखुटी निवासी खुसलराम पौडेललाई गोली हानेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १३ बाख्रे निवासी २४ वषएका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

उनीहरुलाई गएराति घरबाटै पक्राउ गरेको डीएसपी सिंहले बताए । पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटनास्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डीएसपी सिंहले बताए ।

बुधबार राती लमही नगरपालिका ९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफ्नै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्