
काठमाडौं । रामप्रसाद श्रेष्ठ न्याय परिषद सदस्य बनेका छन् । आज बसको संसदीय सुनुवाई समितिले श्रेष्ठको नाम अनुमोदन गरेको हो । न्याय परिषद् न्यायाधीशहरु नियुक्त, अनुशासनको कारवाही गर्ने निकाय हो ।
झण्डै दुई साता अघि नेपाल बार एशोसिएसनको निर्वाचनबाट श्रेष्ठ न्याय परिषद सदस्यमा निर्वाचित भएका थिए । न्याय परिषद सदस्यको कार्यकाल चार वर्षको हुन्छ ।





