गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी को काज सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी को पनि सरुवा भएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो । डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए ।

त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुख्यालय कैलाली सरुवा गरिएको छ । बैद्यनाथ बाहिनी मुख्यालयका निमित्त
बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत काज सरुवा भएको छ ।

त्यस्तै सशस्त्र मुख्यालयमा रहेको डीआईजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी कृष्णभक्त बम्हचार्यको गौतमको ठाउँमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्