जब आफ्नै छोरीलाई अश्लिल भिडियो देखाएर बलात्कार गरेपछि….



काठमाडौं । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

१३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा कास्की पोखरा महानगरपालिकाका ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

मंसिर ६ गते दिउँसो पोखरास्थित एक होटलमा लगेर जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।

केही वर्ष अघिदेखि जबरजस्ती करणी गर्दै आएको थाहा पाएपछि पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा बालिकाको बाबुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्