भट्टराईले भने : संघीयताविरोधीहरूले वेलैमा बुझून्, चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ भनेर सोच्नुपर्ने जिज्ञासा राखेका छन् ।

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शुक्रबार भट्टराईले यस्तो जिज्ञासा प्रकट गरेका हुन् ।

काठमाडौं, जनकपुर, पोखरा, धनगढी, विराटनगरलगायतका सहरमा ुराजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, हिन्दु राज्य कायम गर र संघीयता खारेज गरुजस्ता संविधानका मूल विशेषतामाथि नै प्रश्न उठाउने गरी नाराबाजी भइरहेको छ ।

भट्टराईले लेखेका छन्, : गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन् । यीमध्ये कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्छ,’ भट्टराईको ट्वीटमा उल्लेख छ, ‘यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्मा राजावादी, एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून् । चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् ।’

प्रतिक्रिया दिनुहोस्