नेकपामा देखिएको समस्या दुई अध्यक्ष मिलेर समाधान गर्नु पर्छ : मन्त्री नेम्बाङ



काठमाडौं । भौतीक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ अहिले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखिएको समस्या दुई अध्यक्ष मिलेर समाधान गर्नु पर्ने बताएका छन् । चैतमै महाधिबेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नुनै हितकर देखिने उनको भनाई रहको छ ।

गृह जिल्ला पाँचथरमा आएका मन्त्री नेम्बाङले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । नेताहरु बिचमा छलफल भईरहेकाले सचिवालय बाटै समस्या समाधान हुने अपेक्षा राखिएको उनले सुनाए । १३ गतेको बैठक पछि समस्या समाधान हुँदै जाने अपेक्षा रहेको बताए ।

‘पार्टीको सल्लाह, समन्वय हुन्छ । तर पार्टीले निर्णय गरेर सरकारले यसो गर उसो गर भनेर सरकार चल्दैन्’ उनले भने ‘पार्टीले बनाएको नीति अनुसार सरकार चल्छ तर पार्टीको निर्णय सरकारमा कार्यान्वय हुदैन् ।’

प्रतिक्रिया दिनुहोस्