‘राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता छ’ : भारतीय विदेश सचिव श्रींगला



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने बताएका छन् ।

शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफर्यर्सले आयोजना गरेको कार्यक्रममा नेपाल भारत सम्बन्धबारे प्रवचन दिँदै श्रींगलाले भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतुत्वमा नयाँ भारतको सपना देखिरहेको बताए ।

‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं । हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने, ‘हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्न ।

उनले भारतको बजार नेपाली कम्पनीहरुका लागि सधैं खुला रहेको र नेपालको जलविद्युत दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने तर्क गरे ।

परम्परागत सम्बन्धदेखि २०७२ को भूकम्प र अहिलेको कोरोनाभाइरसमा पनि भारतले नेपाललाई सक्दो सहयोग गरेको बताए।

बिहीबार नेपाल आएका श्रींगललो हिजै महत्वपूर्ण राजनीतिक र कूटनीतिक भेटवाताए गरेका छन् । उनी आज गोरखामा र मनाङ पुगेर भारतीय सहयोगम पुनर्निमार्ण भएका विद्यालय, निजी घर र गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । श्रींगला आजै स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्