काठमाडौं । गुल्मी जिल्लाको इश्मा गाउँपालीका वडा नम्बर ४ हुलमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्लाको सदरमुकाम तम्घास तर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप आज बिहान ७ः२० बजे सडकबाट करिव ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
५ जनाको घटना स्थलमा मृत्यु भएको थियो । गम्भीर घाइते वर्ष १९ का प्रशुराम थापाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको बताईएको छ । जिल्ला अस्पतालमा घाईते एक जनाको उपचारको क्रममा मृत्यु भए सँगै मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।