‘नियमित अधिवेशन सुरु हुन्छ, कर्मचारीलगायत सबैले पूर्वतयारी गर्नुस् ‘ : कानुनमन्त्री तुम्बाहाङ्फे



काठमाडौं । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताएकी छन् ।

यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उनले जानकारी दिइन् ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते भन्ने टुंगो लागेको छैन, तर अब नियमित अधिवेशन सुरु हुन्छ । कर्मचारीलगायत सबैले पूर्वतयारी गर्नु होला ।’

संसद अधिवेशनको तयारी थाल्दा स्वास्थ्य मापदण्डको पनि ख्याल गर्न उनले सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस्