दुबै देशको आर्थिक विकासबाट लाभ लिने बाहेक अर्को स्वार्थ छैन : मन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनलाई नेपालको सन्देश मिलेर अगाडी बढ्न चाहन्छौं, भन्ने हुने बताएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत होला र ? मित्रराष्ट्र तीन होला र ? होइन होला ।’

चीन ग्लोबल पावरका रुपमा रहेको र भारत पनि विस्तारै ग्लोबल पावरका रुपमा अगाडी आइरहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले कार्ड खेल्दैमा नखेलिने बताए ।

दुबै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै दुबै देशको आर्थिक विकासबाट लाभ लिने बाहेक अर्को स्वार्थ नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्