द्विपक्षीय वार्ता गर्न भारत तयार भएको छ : डा.भट्टराई



काठमाडौं । भारतीय कब्जामा रहेका नेपालका अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबाट सैनिक फिर्ता गर्ने विषयमा वार्ता गर्न भारत तयार भएको छ ।

नेपाली उक्त भूभागका विषयमा द्विपक्षीय वार्ताकालागि भारत तयार भएको प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दावी गरेका हुन् ।

भारतीय विदेश सचिव हर्षवर्दनको आजबाट हुने नेपाल भ्रमणको सन्दर्भमा रेडियो कान्तिपुरसँग कुराकानी गर्दै डा.भट्टराईले सो दावी गरेका हुन् ।

विदेश सचिव हर्षवर्दनको भ्रमणका क्रममा उक्त विषयमा समेत वार्ता हुने भट्टराईले जानकारी दिए । नेपालसँगको सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेका स्थायी संरचनाका कारण नेपाली भूभाग परेको विषयमा समेत कुराकानी हुने भट्टराईले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्