सांसदकी श्रीमती भनेपछि प्रहरी पनि पक्रन डराउँदो रहेछ : दीपक मनाङे



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेन डोल्मा लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए । हेर्नुहोस्, सांसदको श्रीमती भनेपछि प्रहरी पनि डराउँदो रहेछ, पक्राउ गरिदिनुपरो भनी म आफैं प्रहरीमा जानुप¥यो, गुरुङले भने ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार लामालाई जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डकैती मुद्दामा पक्राउ गरिदिन अदालतको
पूर्जी पठाएको थियो ।

सोही पूर्जीका आधारमा मंगलबार लामालाई हेटौंडा उपमहानगरपालिका १० पदमापोखरीबाट पक्राउ गरिएको हो । लामालाई पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाइएको रानाले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामालाई बुधबार चोरी तथा डकैती मुद्दामा अदालत म्याद थप गरिएको छ । लामालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्