कसैले अनाथ वा सहाराविहीन भए भन्नुपर्दैन, रेखदेख गर्ने सरकार छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका छन् । अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको बताएका हुन् ।

सामाजिक सुरक्षा दिवसका दिन आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा हुने पनि बताए ।

कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो, उनले भने, अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन । सहारा छैन भन्नुपर्दैन । सरकार छ । राज्य छ । ‘ प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरु गरिसकिएको पनि बताए ।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम आगू गरिएको प्रधानमन्त्रीको भनाइ छ । सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्