‘नेपाल भारत मित्रता कसरी अगाडि बढाउने भन्ने बारे छलफल हुन्छ’ : विदेश सचिव श्रृंगला



काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रमा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुसी लगेको बताए ।

यसअघि पनि नेपाल आएको तर परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए । सचिव श्रृंगलाले भने, ‘हाम्रो सम्बन्ध निकै मजबुद् छ । हाम्रा प्रयासले हाम्रो सम्बन्धलाई अझ कसरी अगाडि लैजान्छौं भन्ने देखाउनेछन् । मलाई देखाउनुभएको न्यानो सत्कारका लागि नेपाल र सरकार र परराष्ट्र सचिवलाई धन्यवाद,’ उनले भने,‘ हामी केही महत्वपूर्ण बैठकमा बस्दैछौं । हेरौं तिनले कस्तो काम गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्