कोरोनाले यसरी फेरिदियो जीवन, २३ बर्षका पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम…



कोरोना महामारीका कारण धेरैको जीवन प्रभावित बन्न पुग्यो । सबैकुरा सामान्यसँग चलिरहेको थियो । तर अचानक विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण सबैजना समस्यामा परे । अहिले संसारभरी रोजगारीमा कमी आएको छ । कतिपय क्षेत्र अहिलेसम्म खुलेका छैनन् ।

विगत ८ महिनादेखि कोरोनाका कारण कुनै क्षेत्रमा सर्वाधिक असर परेको छ भने त्यो उड्डयन क्षेत्र पनि हो । यसैबिच रुसका एक जवान पाइलट रोमम आफ्नो क्षेत्रको काम सुरु नभएपछि कुकको काम सुरु गरेका छन् । यतिबेला सामाजिक सञ्जालमा रोममका तस्बिरले निकै नै चर्चा पाइरहेको छ ।

रोमनको एउटा तस्बिर सन् २०१९ को हो र अर्को सन् २०२० को । यो तस्बिरको सहारा लिएर रोमन यो देखाउन चाहन्थे कि उनको जीवन एक वर्षमा परिवर्तन भइसकेको छ । एक वर्ष अघिसम्म रोमन पाइलट थिए र आजको समयमा उनी घर–घरमा खाना पुर्याउने काम गर्छन् ।

मात्र २३ बर्षका रोम विगत ३ बर्षदेखि पाइलटको रुपमा काम गर्दै आएका छन् । उनले एक अन्तवार्तामा कुराकानी गर्दै भने, ‘गत वर्ष मैले करिब ९० देखि सय घण्टाको उडान भरेको थिएँ तर यस वर्ष १४० घण्टाको मात्रै उडान भर्न पाएँ । म अहिलेपनि एयरलाइन पाइलटको रुपमा काम गरिरहेको छु तर औसतमा मैले एक महिनामा एक फ्लाइट उडाउने मौका पाउँछु । यसको अर्थ यो हो कि लगभग पूरा महिना म खाली हुन्छु ।यसैकारण मैले खाली समयमा एभिएसनको स्पेयर पार्टस्को पसलमा सेल्स एजेन्टको रुपमा काम गर्ने निर्णय गरेँ र विकेन्डमा फुड डेलिभरीको काम गर्छु ।

रोम यो काम गर्दा आफूलाई आनन्द आइरहेको बताउँछन् । डेलिभरीको क्रममा उनले नयाँ नयाँ मानिससँग भेट्न र उनीहरुको जीवनबारे बुझ्ने आफूले मौका पाएको बताएका छन् । रोम आफ्नो कामबाट आफू सन्तुष्ट भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्