बलात्कार विरूद्धको साइकल यात्रा अभियान देशैभरि हुने



काठमाडौं । विश्वव्यापी रुपमा मनाइदै आइरहेको लैंगिक हिँसा विरूद्धको १६ दिने अभियान यस वर्ष पनि विश्व भर मनाइएको छ । लैंगिक हिँसा विरूद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकमा विभिन्न सचेतानात्मक कार्यक्रम आयोजना गरि मनाइन्छ । कोरोना भाइरसको महामारीको बाबजुद पनि कोभिड-१९ को मापदण्ड पालना गर्दै नेपालमा पनि विभिन्न कार्यक्रमहरु मनाएको छ ।

गल्र्स किक र ग्लोबल एक्सन नेपालको संयक्त आयोजनामा लैंगिक हिँसा विरूद्धको १६ दिने अभियानको पहिलो दिनमा आज मिति २०७७ मंगसिर १० गते साइकल र्याली संचालन गरी आत्म रक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । जसमा मर्सी कोर्र नेपाल, रेस्ट्लेस् डिवेलप्मेटं नेपाल, जागृति बाल तथा युवा सरोकार नेपालरक्यानालान र अन्य संघ सस्थाहरुको साथ् सहयोग पनि रहेको थियो ।

उक्त कार्यक्रममा अनलाइन फारमबाट छनोट भएका इच्च्छुक सहभागी मध्ये जम्मा १० जनाको साइकल यात्रामा सहभागिता रहेको थियो भने अरु १४ जना आयोजक समुह र अन्य संघ सस्थाको प्रतिनिधिहरुको सक्रिय सहभागी रहेको थियो । साइकल यात्रा भृकुटी मण्डप काठमाडौंबाट सुभारम्ब भइ शहिद गेट, त्रिपुरेश्वर, कालिमाटी, बल्खु हुँदै तौदह सम्म रहेको थियो । तौदहमा सहभागीहरुसंग आत्म रक्षाको बारेमा, यसको आवश्यकता र विभिन्न विभिन्न आत्म रक्षाका सीपहरु र मर्यादित महिनावारीको विषयमा छलफल गरिएको थियो ।

किशोरकिशोरीहरु तथा युवाहरु अझै विशेष गरी छोरीहरुलाई सक्षम बनाउन, आत्म विश्वास बढाउन, र आत्म रक्षा क्षमता र शिप विकासको लागि उक्त कार्यक्रम आयोजन गर्नुको मुख्य उदेश्य रहेको कुरा गल्र्स किकको अध्यक्ष श्री निरज न्यौपानेले बताउनुभएको छ । साथै छोरीहरुलाई साइकल चलाउन प्रेरित गरि शारीरिक तथा मानसिक रुपमा नै अब्बल बनाउन सहयोग हुने बनाउनुभएको छ । विशेष गरी छोरीहरुलाई घरभित्रको कामकाजमा मात्र सिमित गराइने, घरेलु हिंसा, बलात्कार, दुर्व्यहार र आत्म हत्याको घटनाहरु निकै सुनिदै आइरहेको, र छोरीहरुलाई कमजोर हुन्छन भन्ने सोचाइको न्यूनीकरणको प्रयास र आत्म रक्षा सिपको आवश्यकता र महत्व रहेको बताउनुहुन्छ ।

साइकल यात्रा वातावरणमैत्री र स्वास्थ्यको लागि पनि लाभदायी हुन्छ । लैंगिक हिँसा विरूद्धको १६ दिने अभियानमा काठमाडौंबाट नजिकको साइकल रुटमा साइकल यात्रा गरिने र संगसंगै भर्चुअल छलफल कार्यक्रम गर्ने उक्त कार्यक्रमको आयोजकको योजना रहेको छ । लैंगिक हिँसा विरूद्धको १६ दिने अभियानपश्चात उक्त कार्यक्रम प्रदेश स्तरमा लैजाने र राष्टिय स्तरमा १० जना सहगगी छनोट गरी प्रदेश १ देखि ७ सम्म साइकल यात्रा आयोजना गरी ठाउ ठाउमा लैंगिक हिंसा अन्त्य गर्नको लागि चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको ग्लोबल एक्सन नेपालको संस्थापक बाबु काजी क्षेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्