दाङमा गोली लागेको अवस्थामा एक जना घाइते फेला



काठमाडौं । दाङमा गोली लागेको अवस्थामा एक जना घाइते फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ ।

पौडेल बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोलामा गोली लागेको अवस्थामा फेला परेको डिएसपी सिंहले बताए ।

घााइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ । पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन । उनी बन्यजन्तु शिकार गर्न भनेर गएको हुन सक्ने आशंका पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्