
काठमाडौं । सुर्खेतमा भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ । चिङ्गाड गाउँपालिका २ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो ।
उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको हो प्रहरीले जनाएको छ । तर उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एकमात्र राउटे समुदायमा १४५ जना सदस्य थिए । ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य छन् । हाल उनीहरु चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन् ।





