बर्दिबासमा निषेधाज्ञाबीच प्रदर्शन



काठमाडौं । महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरु भेला हुन नपाउने बताएको छ ।

तर सडकमा प्रदर्शन भइरहेका छन् । प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्यु पछि बिहानैदखि प्रदर्शन झन् बढेको छ । प्रदर्शनकारीले बुधबार बिहानैदखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन । राजमार्गमा सवारी साधन चलेका छैनन् ।

प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता छ । न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको हो ।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन् ।

आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्