पाकिस्तानमा बलात्कार सम्बन्धि नयाँ कानुन : बलात्कारीलाई सुइ लगाएर नपुंसक बनाइने



काठमाडौ । समाजमा बलात्कारका घटना बढिरहेका बेला यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न विभिन्न नयाँ कानुनहरु बनिरहेका छन् । देशअनुसार कानुनको स्वरुप फरक छ र केही देशरुले मौजुदा कानुनलाई अझ कडा बनाइरहेका छन् । यही क्रममा पाकिस्तानले बलात्कारविरुद्ध ऐतिहासिक कदम उठाएको छ । पाकिस्तानको मन्त्रिपरिषदले बलात्कारविरुद्द २ नयाँ कानुनलाई सैद्धान्तिक २ नयाँ कानुनलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

पाकिस्तानी अखबार डनका अनुसार नयाँ कानुनमा बलात्कारीलाई रासायनिक तरिकाले सुई लगाएर नपुंसक बनाउने सजायदेखि फाँसीको सजायसम्म दिने व्यवस्था छ । मंगलबार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नयाँ कानुनलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

बेठकमा केही सांसदरुले बलात्कारीलाई खुलेआम सार्वजनिक ठाउँमा फासी दिनुपर्ने प्रस्ताव पनि गरेका थिए । तर, त्यो प्रस्ताव भने खारेज गरिएको छ । अब बलात्कारीलाई फाँसीको सजाय भएम जेलभित्रै फाँसी दिइनेछ, सर्वसाधारणले फाँसि दिएको हेर्न पाउने छैनन् । केही देशमा भने बलात्कारीलाई खुला ठाउँमा सवैले देख्ने गरी फाँसी दिने कानुन पनि छ ।

मन्त्रिपरिषद बैठकले बलात्कारका मुद्दाको द्रुत सुनुवाइ गर्ने पनि निर्णय गरेको छ । पाकिस्तानको कानुन मन्त्रालयले यो कानुनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गरेको थियो । प्रधानमन्त्री इमरान खानले नयाँ कानुन स्पष्ट रुपले पारदर्शी हुने र यसमा दोषीलाई कठोर दण्डको प्रावधान हुने बताए । बलात्कार पीडितले बिना कुनै डर मुद्दा दर्ता गर्न सक्ने र उनको सुरक्षा सरकारको जिम्मेवारी हुने पनि प्रधानमन्त्रीले बताए ।

सुइ लगाएर नपुंसक बनाउने प्रक्रियालाई मेडिकल भाषामा केमिकल कास्ट्रेसन अर्थात रासायनिक बन्ध्याकरण भनिन्छ । यो एक मेडिकल प्रक्रिया हो । यो प्रक्रियामा व्यक्तिलाई यस्तो सुई लगाइन्छ जसले त्यो व्यक्तिको यौन क्षमता समाप्त पारिदिन्छ । यो इन्जेक्सनले व्यक्तिको हर्मोनमा असर गर्छ र उसको यौन क्षमता समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्