गुलाब साह खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका युवकको मृत्यु



काठमाडौं । ६ वर्षीया बालिका गुलाब साह खातुनको खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिग्रामा गोली लागि घाईते बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपानेको बुधबार बिहान काठमाडौं स्थित ग्राण्डी उपचारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

न्यौपाने परिवारका अनुसार अत्याधिक रक्तश्रावका कारण उनको विहान १ बजे निधन भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाले भने, घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई तत्काल हेलिकप्टरबाट उपचारमा पठाएपनि बचाउन सकिएन ।

सुरक्षाकर्मीको गोली लागेर घाइते भएका श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ । प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ ।

बर्दिबास १४ की ६ वर्षीय बालिका गुलाब शाह खातुनको बतात्कारपछि निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दे मंगलबार बर्दिबासमा भएको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्