बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते



काठमाडौं । बैतडीमा गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मंगलबार करिब दिउँसो १ बजे झुलाघाटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

पाँज जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगेर घाइतेको उद्वार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्