‘ओली नेतुत्वको सरकार पूर्णतया असफल भयो’ : सहमहामन्त्री महत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन् । ओली र देउवाको भेटमा सत्ता साझेदार नबन्ने बताएका छन् । ओली र देउवाको भेटमा सत्ता साझेदारीका लागि छलफल भएको भन्ने कुरा गलत भएको भन्दै उनले यसलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने, कांग्रेस अहिले सत्ता साझेदारमा जाँदैन । उनले ओली देउवाबीच विपक्षी दलसँग संवैधानिक निकायलगायत विषयमा रुलिङ गर्नका लागि मात्र छलफल भएको दाबी गरे । ओली नेतुत्वको सरकार पूर्णतया असफल भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्