
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश विकासको मुख्य बाध्यक ‘ओली प्रवृत्ति’ भएको आरोप लगाएका छन् ।
डा.भट्टराईले व्यक्तिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई पनि ज्यादै मनपर्ने मान्छे भएको तर शासनका हिसाबले उनको प्रवृत्ति अत्यन्तै खराब भएको टिप्पणी गरेका हुन्।
आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन ओली प्रवृत्ति हो । व्यक्तिका रुपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन, डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं ।





