
डेडेल्धुरामा गएराति भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको ज्यान गएको छ । ती महिला र शिशुको धामीझाँक्रीकोमा झारफुक गर्न जादाँ लडेर मृत्यु भएको जानकारी प्राप्त छ ।
प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका २ बगालकी ३५ बर्षीया पुतलीदेवी भुल रहेकी छिन् । सानो शिशुसहित आफ्नो गाउँबाट अर्को गाउँमा जादाँ बाटोमा नै उनको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएका छन् ।





