अमेरिकामा २ सय ३१ वर्षमा पहिलो पटक ७४ वर्षीया महिला अर्थमन्त्री बन्दै



काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख जेनट यलन मुलुकको पहिलो महिला अर्थमन्त्री बन्ने भएकी छन् ।

समाचार संस्थाहरुले राष्ट्रपति निर्वाचित जो बाइडेनले उनलाई अर्थमन्त्री नियुक्त गर्न लागेको जनाएका छन् । कोभिड महामारीले थिलोथिलो भएको अर्थतन्त्र सम्हाल्ने गरी ७४ वर्षीय अर्थशास्त्री यलन अर्थमन्त्री बन्न लागेकी हुन् । यलन महँगी र बेरोजगारीबीच विपरीत सम्बन्ध हुन्छ भन्ने केन्सियन विचार राख्ने अर्थशास्त्री हुन् ।

अमेरिकामा केही महिनाअघि बेरोजगारी दर दोस्रो विश्वयुद्ध यताकै उच्च विन्दुमा पुगेको थियो। हाल बेरोजगारी दर केही घटेको भए पनि आर्थिक वृद्धि दर सुस्त नै छ।

यलनलाई राष्ट्रपति बाराक ओबामाले २०१४ मा ४ वर्षे कार्यकालका लागि फेडरल रिजर्भको प्रमुख बनाएका थिए । सन १९७० को दशकदेखि कायम भएको परम्पराविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा बेरोजगारी घटाउन, उत्पादन बढाउन, महँगी घटाउन नसकेको आरोप यलनलाई लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्