छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु



काठमाडौं । झापा, कञ्चनपुर, पाल्पा र पर्साका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

झापा, बिर्तामोड नगरपालिका-६ स्टाफ चोकमा मे.१ ज ३११९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री तेह्रथुम आठराई गाउँपालिका-६ बस्ने २५ वर्षीय केवल खवासको आइतबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका केवलको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझास्थित सडकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलका चालक सोही नगरपालिका-८ पचुई बस्ने २० वर्षीय हेमन्त बहादुर चन्दको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका हेमन्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा
उपचार भईरहेको छ ।

पाल्पा, रामपुर नगरपालिका-७ बट्टारस्थित सडकमा लु.५० प ६२१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरका चालक सोही ठाउँ बस्ने २२ वर्षीय जिवन रानाको घटनास्थलमै मृत्यु भएको छ ।

पर्सा, धोबिनी गाउँपालिका-४ बखरीस्थित सडकमा प्रदेश २-०३-००१-१८३४ नम्बरको थ्रेसर मेसिन सहितको ट्याक्टर आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टयाक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय जमुना साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्का १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्